छोरालाई तातोपानी खन्याएको प्रमाण ल्याए पाउमा शिर राखिदिन्छुः राजेश पायल



काठमाडौँ।
सामाजिक सञ्जालमा आएको पोस्टको आधारमा आफुलाई गाली गलौज गरेको र व्यक्तिगत कागजात समाचारमा छापेको भन्दै आक्रोशित बनेका छन् । बिहिबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आफुले आफ्नो छोरालाई गरेको व्यवहारको प्रमाण कसैले प्रमाण ल्याए पाउमा शिर राखिदिने बताएका छन् ।

उनले आफ्नो क्यारियर समाप्त गराउने गिरोह सक्रिय रहेको बताउँदै आगामी दिनमा विभिन्न षडयन्त्रमा आफु परे कुनै आश्चर्य नहुने लेखेका छन् ।

बुधबार उनकी श्रीमती सङ्गबुङ्ग राईले लेखेको भनिएको फेसबुक स्टाटसको स्क्रिनशट भाईरल भएपछि यो बिषय चर्चामा आएको थियो । उक्त स्टाटस पोस्टमा आफ्नो छोरालाई राईले तातोपानी खन्याएको र हाल उपचाररत रहेको लेखिएको थियो । फेसबुकमा खोजी गर्दा सङ्गबुङ्गको फेसबुक प्रोफाईल समेत गायब थियो । बुधबार नै केहि मिडियामा राजेश र सङ्गबुङ्गले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा विवाह दर्ता गरेको दर्ता प्रमाणपत्र सहित समाचार आएका थिए ।

हेर्नुहोस् राईको स्टाटसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu