एकल महिला समर्पित ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ।
नारी दिवसको भोलीपल्ट बिहिबार एकल महिलाप्रति समर्पित ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँमा आयोजना भएको एक कार्यक्रमकाबीच राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो ।

साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा आकाश अधिकारीद्धारा निर्देशित म्युजिक भिडियोमा आकाश अधिकारी र उमा गिरी ‘बेबी’को अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियोले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भएपनि प्रभावकारी परिचालन हुन नसकेको बताउँदै एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रमलाई अगाडि सारेको जानकारी दिईन् ।

त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुँईटेलले समाजमा भोगिरहेको घटनालाई गीतले यथार्थ बर्णन गरेको बताए । सफल व्यवसायी, समाजसेवी, साहित्यकार एवम् पत्रकार राम लामा ‘अविनाशी’ले विदेशमा बसेर नेपाली साहित्य तथा गीत सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो ।

गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताए । यस गीतले सामाजिक रुपान्तरणको ‘म्यासेज’ दिन खोजेको उनले बताए ।

यस गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने राम लामा ‘अविनाशी’को शब्द रचना र शक्ति बल्लवको संगीत रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu