
काठमाडौँ।
विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भएको नेपाली चलचित्र ‘हल्कारा’को टिजर रिलिज भएको छ । बैशाख २९ गतेलाई नेपालका हलमा रिलिज मिति तोकि सार्वजनिक गरिएको टिजरमा हुलाकी पात्रको जीवनको कथा देखिन्छ । प्रमुख भूमिकामा अभिनय गरेका महेश त्रिपाठी र बिनिता थापा मगर टिजरमा देख्न सकिन्छ ।
अमेरिकाको वर्ल्डफेस्ट ह्युस्टन र बाफ्टाको कर्माथान फेस्टिभलमा मनोनयनमा परेको यो चलचित्र आइसफल प्रोडक्सन र कालीपार स्टुडियोले बनाएका हुन् भने रामकृष्ण पोखरेल र विक्रम सापकोटा निर्माता हुन् । विक्रम स्वयंले चलचित्रको निर्देशन गरेका छन् । अभिनेता त्रिपाठीले वर्ल्डफेस्ट ह्युस्टन फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जितेका थिए भने चिन्तन राजभण्डारीले छायांकारको पुरस्कार प्राप्त गरेका थिए ।
टिजर हेर्नुहोस्: