‘छक्का पञ्जा ४’लाई बधाई दिँदै अनमोलले भने, ‘म प्रतिको विश्वास फिर्ता ल्याउनेछु’



काठमाडौँ।
अभिनेता अनमोल केसीले हाल सफलताका साथ हलमा चलिरहेको चलचित्र ‘छक्का पञ्जा ४’लाई बधाई दिएका छन् । आफु अभिनित चलचित्र ‘छड्के २.०’सँगै रिलिज भएको यो चलचित्र बक्स अफिसमा सफल रहेको छ भने अनमोलको चलचित्रले भने व्यावसायिक तथा समिक्षात्मक दुवै रुपमा असफलता व्यहोर्नु पर्‍यो । यसैबीचमा अभिनेता केसीले सामाजिक सञ्जालमा लेख्दै गजबको बेन्चमार्क हासिल गरेकोमा ‘छक्का पञ्जा ४’ टिमलाई बधाई ज्ञापन गरेका छन् ।

उनले ‘छड्के २.०’ आफुले लिएको एक ठूलो निर्णय रहेको र यसपटक दर्शकको माया र समर्थनलाई न्याय गर्न असफल रहेको महसुस गरेको बताएका छन् । उनले आफुप्रति दर्शकले गरेको विश्वास फिर्ता ल्याउने बाचा गरेका छन् ।

उनले लेखेका छन्, “सबैभन्दा पहिले, म ‘छक्का पञ्जा ४’का सम्पूर्ण टिमलाई गजबको बेन्चमार्क हासिल गरेकोमा बधाई दिन चाहन्छु । दोस्रो, मलाई माया गर्ने र साथ दिने सबैलाई म धन्यवाद दिन चाहन्छु । ‘छड्के २.०’ मैले लिएको एक ठूलो निर्णय थियो । त्यो पात्रले मलाई रमाइलो बनायो र यसलाई ठूलो पर्दामा प्रस्तुत गर्ने यात्रामा निस्किए । तर, मैले यसो गर्दा तपाईंको माया र समर्थनलाई न्याय गर्न असफल भएको महसुस गरेको छु ।”

आफुलाई प्रयोग गरेको महसुस गर्दै केसीले लेखेका छन्, “एक व्यक्तिको रूपमा, म एक सिकारु हुँ र जीवन नामको यो यात्रामा नयाँ अनुभवहरू खोज्छु जहाँ मैले नेपाली चलचित्र उद्योगलाई आफ्नो मञ्चको रूपमा रोजेको छु । यी धेरै वर्षहरूमा यो मेरो नवौँ चलचित्र थियो, र मैले जे गरें, आफू र मेरो कामप्रति सच्चा मनले गरेको छु । आशाको सकारात्मक किरणको साथमा निरन्तर माया र तपाईहरु सबैको सहयोगले म प्रतिको विश्वास फिर्ता ल्याउनेछु ।”

अनमोलले छिट्टै नयाँ चलचित्रको तयारी गरिरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu