कलाकार संघको निर्वाचनमा ४६ जनाको उम्मेदवारी



काठमाडौँ।
नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते हुने १९ औँ अधिवेशनको लागि चैत्र शनिबार मनोनयन दर्ता गरिएको छ । कार्यकारिणी समितिको निर्वाचनको लागि अध्यक्षमा २ जना, उपाध्यक्षमा ७ जना, महासचिवमा ५ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना, सह-कोषाध्यक्षमा २ जना र सदस्यमा २६ जना गरी जम्मा ४६ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदका आकांक्षीहरु मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् । यसअघि वर्तमान अध्यक्ष रबिन्द्र खड्का, सबिन श्रेष्ठ र शुसान्त श्रेष्ठले पनि अध्यक्षमा इच्छा देखाएता पनि सबिनले महासचिवमा उम्मेदवारी दिएका छन् भने रविन्द्र र शुसान्तले कुनै पदमा उम्मेदवारी दिएका छैनन् । संस्थाको महत्वपूर्ण र प्रसासनिक पद महासचिव पदका अन्य उम्मेदवारहरु सञ्जय खतिवडा, धर्मेन्द्र आचार्य, पनाह अधिकारी र उत्तम केसी हुन् ।

हेर्नुहोस् उम्मेदवारहरुको सूची:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu