‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै



काठमाडौँ
अस्ट्रेलियामा नेपाली हिपहप रियालिटी शो `नेपहपको श्रीपेच´को कार्यक्रम हुने भएको छ । ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नामक उक्त कार्यक्रम अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना गरिने बताइएको छ ।

यस रियालिटी शोका विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन् । पहिलो सिजनको विजेता भाइबर साइमनले फस्ट रनर अप जेनिस क्षेत्रीसँगै कलाकारहरूको नेतृत्व गर्नेछन् ।

कार्यक्रम मे १२ मा सिड्नी, १७ मेमा पर्थ र १९ मे २०२३ मा ब्रिसबेनमा हुने तय गरिएको छ । कार्यक्रमका मुख्य निर्णायक मानस घले नेपालका चर्चित र्‍यापर हुन् र उनको उपस्थितिले प्रस्तुतिलाई नयाँ उचाइमा पुर्‍याउने निश्चित रहेको कार्यक्रम आयोजकहरू बताउँछन् ।

कार्यक्रम अस्ट्रेलियामा नेपाली सांस्कृतिक कार्यक्रमको प्रमुख प्रवर्द्धक हाइपेक्स इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले आयोजना गरेको हो । यस्तै कार्यक्रमका कार्यकारी निर्माता सुदिप पोखरेल र रोशन श्रेष्ठ पनि कार्यक्रमलाई लिएर निकै उत्साहित रहेको बत्ताउँछन् ।अस्ट्रेलियामा भएका दर्शकहरूले कार्यक्रम हेर्न चाहेमा टिकट बुकिङ गर्न सक्नेछन् । कार्यक्रमको सञ्चालक सुजता श्रेष्ठले कार्यक्रमभर दर्शकलाई मनोरञ्जन र व्यस्त राख्नको लागि साथ दिने पनि बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu