
काठमाडौँ।
नेपाली चलचित्र ‘बहाव’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ‘यो मनरोग’ शीर्षकको गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत रहेको छ ।
यस गीतमा चलचित्रकी प्रमुख अभिनेत्री सुरक्षा पन्तलाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा पन्तको साथमा कलाकार कमलमणि नेपालको प्रमुख भूमिका रहेको छ ।
यस चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको छ । “बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । यसमा सुरक्षा र कमलमणिबीचको अन्तर्द्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौं”, निर्देशक कँडेलले बताए ।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको यो चलचित्र आगामी चैत २४ गते रिलिज हुँदैछ । यसका निर्माता श्रीधर पौडेल हुन् ।
गीत हेर्नुहोस्: