ओस्कार अवार्ड २०२३ः आरआरआरको गीत ‘नाटु-नाटु’लाई उत्कृष्ट मौलिक गीतको अवार्ड



एसएस राजामौली निर्देशित भारतीय ब्ल्कबस्टर चलचित्र ‘आरआरआर’ को ‘नाटु–नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्ड पाएको छ । ‘नाटु–नाटु’ ओस्कारमा जाने पहिलो गीत हो जुन भारतीय चलचित्रको हो । यस गीतका कम्पोजर एमएम कीरवानी हुन् भने

भारतीय चलचित्रले पहिलोपटक यो अवार्ड प्राप्त गरेतापनि भारतीय कम्पोजरले भने दोश्रोपटक प्राप्त गरेका हुन् । यस अघि कम्पोजर ए आर रहमानले सन् २००८ मा चलचित्र ‘स्लमडग मिलियनेयर’ को ‘जय हो’ गीतका लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेका थिए । उक्त चलचित्र बेलायती भए पनि ‘जय हो’ गीतबाट भारतीय कम्पोजरले ओस्कार पाएका थिए ।

‘नाटु-नाटु’ गीतमा दक्षिण भारतहुँदै पुरै भारतमा सुपरस्टार बनेका दुई अभिनेतहरु जुनियर एनटीआर र रामचरणले धमाकेदार नृत्य गरेका छन् । यसको हुक स्टेप कोरियोग्राफर प्रेम रक्षितले एक सय दश वटा चालहरू सिर्जना गरेका थिए ।

यो गीतले गोल्डेन ग्लोब पनि पाएको थियो । गोल्डेन ग्लोब जित्ने यो नै पहिलो भारतीय र एशियाली गीत हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu