जनपक्षीय चलचित्रकर्मी संघको ८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न



janapacchiya-chalachitra

नेकपा एमालेको भातृ संगठन जनपक्षीय चलचित्रकर्मी संघको ८ औं बार्षिकोत्सव कार्यक्रममा मंगलवार राजधानीमा सम्पन्न भएको छ । एमाले अध्यक्ष झलनाथ खनालको प्रमुख अतिथ्यतामा चलचित्र विकास वोर्डको हलमा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा गत मङ्सिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचनबाट संबिधानसभामा प्रतिनिधत्व गरेका चलचित्र विधासँग जोडिएका तीन सभासद्लाई तथा चलचित्र पत्रकार संघको नयाँ नेतृत्वमा पुगेका संचारकर्मीलाई सम्मान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि खनाल तथा संघका अध्यक्ष केशव भट्टराईले सभासद रामविर मानन्धर र मधु गुरूङलाई सम्मान पत्र सहित सम्मान तथा बधाई दिए भने अर्का सम्मानित सभासद टेक प्रसाद गुरुङ भने कार्यक्रममा उपस्थित थिएनन् । त्यस्तै कार्यक्रममा चलचित्र पत्रकार संघको शान्तिप्रिय नेतृत्वको नयाँ कार्यकालको लागी बिजयी समितिका सबै सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सभासद मानन्धरले आफ्नो तर्फबाट नेपाली चलचित्र क्षेत्रको हितको लागी सधै सकारात्मक पहल जारी रहने बताए । त्यस्तै उनले नयाँ संविधानमा चलचित्र नीतिलाई समेट्न सक्दो पहल गर्ने समेत उल्लेख गरे । त्यस्तै अर्की सभासद मधु गुरुङले जनपक्षीय चलचित्रकर्मी संघले पुराना श्रष्टालाई सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । उनले पनि चलचित्र तथा कला क्षेत्रको मुद्धालाई संविधानमा समेट्न आफ्नो प्रयास जारी राख्ने प्रतिबद्धता जनाईन । करिब डेढ घण्टा ढिला सुरु भएको उक्त कार्यक्रममा चलचित्र क्षेत्रसँग जोडिएका विभिन्न चलचित्रकर्मीको तथा संचारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu