छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड प्रदान



काठमाडौँ।
आइतबार विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै छैटौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०७९ सम्पन्न भएको छ । अवार्ड प्रदान गर्न संघीय मामला तथा समान्य प्रशासनमन्त्री अमनलाल मोदी प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने पूर्वसभामुख चित्रलेखा यादव बिशेष अतिथि थिइन् ।

उत्कृष्ट आधुनिक गायकको अवार्ड अभिनय यादवले र गायिकाको अवार्ड बेनिशा पौडेलले जिते भने पपुलर गायक शिव परियारले धोकेबाज गीतबाट हाँसिल गरे । आधुनिक संगीतकारको अवार्ड अर्जुन पोखरेलले, गीतकारको अवार्ड सुनिल संगमले, भिडियोतर्फ आधुनिक गीत म्युजिक भिडियो निर्देशकको अवार्ड कृष्णदेव रुपाखेतीले, निर्देशक जुरी अवार्ड दिनेश ठकुल्लाले, पुरुष मोडलको अवार्ड दिलिप ओखेडाले महिला मोडलको आवर्ड सृष्टि श्रेष्ठले र मोडलतर्फ नै जुरी अवार्ड लाक्पा लामाले प्राप्त गरे ।

लोकपपतर्फ उत्कृष्ट गायकको अवार्ड सके हंसाउँछुबाट, कृष्ण काफ्लेले गायिकाको अवार्ड मनको धोकोबाट निता आचार्य, गायिकाको जुरी अवार्ड तिम्रो मायाले न होबाट सरिता भारतीले हासिल गरे । लोकपपमै गायिका पब्लिक च्यवाइस अवार्ड वसन्ती राईले, गीतकारको अवार्ड भानु आचार्यले, गीतकार जुरी अवार्ड पुरुषोत्तम सानुले, संगीतकारको अवार्ड मानस राजले, संगीतकार पब्लिक च्वाइस अवार्ड टिका बम्जनले, नवप्रतिभा गायन अवार्ड दिपेन्द्र सोनामले हासिल गरे । लोकपपमै नवप्रतिभा पुरुष मोडलको अवार्ड विकतिस शर्माले, नवप्रतिभा मोडल जुरी अवार्ड सुदिप श्रेष्ठ, नवप्रतिभा महिला मोडल अवार्ड कुमारी बराइलीले हासिल गरे ।

उत्कृष्ट युगल गायनको अवार्ड नवीन कार्की र मेलिना राईले, युगल गायनमै जुरी अवार्ड देवीका बन्दना र कुमार सानुले र उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड गीतकार प्रकाश सुवेदीले हासिल गरे । लोकदोहोरीतर्फ उत्कृष्ट शब्दको अवार्ड नारायण कँडेलले, शब्दतर्फ नै जुरी अवार्ड अनिल खनालले, लोकदोहोरी गायकको अवार्ड जलजलाबाट कुलेन्द्र विकले, जुरी अवार्ड शक्ति चन्दले र गायिकाको अवार्ड दिलको राजाबाट बिन्दु बिहानीले प्राप्त गरे । लोकदोहोरी गायिकाकै जुरी अवार्ड शुशीला गौतमले, लोकदोहोरी लयतर्फको अवार्ड श्रीकृष्ण बम मल्लले, लोकदोहोरी म्युजिक भिडियो मोडल पुरुषको अवार्ड प्रकाश तामाङ, महिला मोडलको अवार्ड कविता न्यौपानेले, नवप्रतिभा मोडलको अवार्ड यमुना रसालले, म्युजिक भिडियो निर्देशकको अवार्ड शिव विकले, कोरियोग्राफरको अवार्ड अजय स्यांतानले, पपुलर कोरियोग्राफरको अवार्ड गम्भीर विष्टले हासिल गरे । लोक दोहोरीतर्फ नै उत्कृष्ट भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले, भिडियो छायांकारको अवार्ड दिपक गिरी प्राप्त गरे ।

यस्तै, ध्वनि मिश्रणको अवार्ड डिका गुरुङले, संगीत संयोजक (एरेन्जर)को अवार्ड पुष्कर खत्रीले, बालप्रतिभा गायनतर्फको अवार्ड सुप्रिम मल्लले, उत्कृष्ट बालप्रतिभा मोडल जुरी सम्राट दाहालले, बालप्रतिभा गायन इन्करेज्मेन्ट अवार्ड उपमा थपलियाले हासिल गरे । समावेशीतर्फ विभिन्न भाषाको गीतका कलाकारले अवार्ड जितेका छन् ।

जसअन्तर्गत उत्कृष्ट मौलिक भाषाभाषी गीत गायन अवार्ड सामसोधा मुन्धुम (लिम्बु)बाट झुमा लिम्बुले हासिल गरिन् । मौलिक भाषाभाषी गीतको अवार्ड तामाङ गीतबाट अनु लामाले, डेउडा भाका गीतको अवार्ड दिपा रोकायाले, डेउडा भाका गीत गायिका जुरी अवार्ड शान्ति शाही चन्दले हाँसिल गरे । यस्तै, डेउडा भाका भिडियो अवार्ड एलपी शर्माले, डेउडा भाका भिडियो पब्लिक च्वाइस अवार्ड जनक सिंहले प्राप्त गरे । उत्कृष्ट काठे भाका गीतको अवार्ड अमृत खातीले, काठे भाका गायनको अवार्ड पूmल फुल्यो अमलाबाट नमराज ढुंगानाले पाए ।

उत्कृष्ट नेपाल भाषा गीतको अवार्ड प्रकाशदीप श्रेष्ठले नेपाल भाषा गायनको अवार्ड राजेन्द्र डंगोलले, तामाङ भाषा उत्कृष्ट गीतको अवार्ड मदन घ्लानले, तामाङ भाषा म्युजिक भिडियो पुरुष मोडलको अवार्ड सागर घिसिङले जिते । सो कार्यक्रममा मैथिली भोजपुरीतर्फ उत्कृष्ट गीतको अवार्ड विद्यानन्द बेदर्दीले, मैथिली-भोजपुरी भाषातर्फ र्नै उत्कृष्ट गायन अवार्ड वीरेन्द्र झाले, यही विधामा पुरुष मोडलको अवार्ड बिक्रम गुप्ताले र महिला मोडलको अवार्ड मेनुका माझीले पाए । पप आर्टिस्टको अवार्ड विक्रम गौतम र दशकको गायकको अवार्ड पिरतीको तालमा गीतबाट हरिकुमार कर्माचार्यले हाँसिल गरे ।

कार्यक्रममा चन्द्रकुमार दोङलाई रजत सम्मानबाट सम्मानित गरियो भने बिदुर गिरीलाई यो वर्षको पिम नेपाल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । यस्तै, साँझेबगर आछामका मेयर राजेन्द्रबहादुर कुँवर, भुम्लु गापाका उपाध्यक्ष जितेन्द्रमाना तामाङ, गायिका केन्जुमा सुब्बा, संगीतकार शंकर थापा स्माइललगायत कार्यक्रममा सम्मानित भए ।

नेपालीसहित विभिन्न भाषाका गीत संगीतको विकाश र प्रोत्साहनका लागि ६ वर्षदेखि यो अवार्ड आयोजना गर्दै आएको पिम नेपालका अध्यक्ष माधवराज खरेलले कार्यक्रममा बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu