चलचित्र ‘बुलाकी’को गीत सार्वजनिक



काठमाडौँ
चलचित्र ‘बुलाकी’को गीत सार्वजनिक गरिएको छ। अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भुमिका रहेको यो चलचित्रको ‘नाच सुवा नाच’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ। गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर सुन्न रहेको छ।

टोपेन्द्र विष्टले निर्माण गरेको यो चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन्। यो चलचित्रमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको छ। यो चलचित्र बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ।

गीत हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu