जसिताको ‘रुबी’ लुक्स



काठमाडौँ।
नेपाली चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य अभिनेत्री जसिता गुरुङको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ । पोस्टरमा जसितालाई ‘रुबी’ नाममा राखिएको छ । यसको मतलब यो चलचित्रमा उनि रुबी नामक चरित्रमा रहेकी छन्, जहाँ, जसिता गुरुङलाई पनि डान्सरको अवतारमा देख्न सकिन्छ ।

यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा अभिनेता धिरज मगरलाई मात्र सार्वजनिक गरिएको थियो । आगामी बैशाख २१ गतेबाट रिलिज हुने ‘डान्स ड्रामा’ भनिएको यो चलचित्रलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा हुन् ।

यसमा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu