कलाकार संघ महाधिवेशनः रेजिनाले घोषणा गरिन् आफ्नो प्यानल



काठमाडौँ।
चैत्र ४ गते हुने नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशनको लागि अध्यक्ष पदकी दावेदार रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी उनले प्यानल तथा कार्ययोजना सार्वजनिक गरेकी हुन् ।

उनले घोषणा गरेको प्यानलमा दुई उपाध्यक्षहरु शिबहरी नेपाल ‘बैरागी’ र सरिता गिरी रहेका छन् भने महासचिव पदमा पनाह अधिकारी, सचिवना जीवन थापा, कोषाध्यक्षमा बिनोदकुमार भट्टराई र सदस्यहरुमा खुश्बु खड्का ‘रञ्जना’, खिन्न भण्डारी, निर्मल स्याङ्ताङ, लक्ष्मण चौलागाईं, ईश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोगाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवाल रहेका छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार मोहन निरौलाले बिहिबार आफ्नो प्यानल तथा कार्ययोजना घोषणा गर्ने जनाएका छन् ।

हेर्नुहोस् रेजिनाले घोषणा गरेका कार्ययोजनाहरुः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu