‘प्रेमा’को गीतमा अरुण, शुभेक्षा र सृष्टिको प्रेम टकराव



काठमाडौँ।
नेपाली चत्रचित्र ‘प्रेमा’को गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी चलचित्रमा समावेश ‘फूल यो चुडेर’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सविन एकतारेको शब्द र एसडि योगीको स्वरमा रहेको छ भने संगीत सुसान्त गैतमले भरेका छन् ।

चैत १७ गते रिलिज हुने यो चत्रचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका छन् । यसमा अभिनेता अरुण क्षेत्री , शुभेक्षा खड्का र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले यो चलचित्र आफ्नो सपना भएको बताए । उनले भने, “प्रेमालाई पर्दासम्म ल्याउने मेरो एक सपना थियो । सबैले सहकार्य गरेर आज उहाँसम्म ल्याईदिनु भयो सबैमा धन्यवाद ।”

निर्देशक स्वयंको लेखन रहेको यो चलचित्र बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो । यसमा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा बिमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया लगायतको अभिनय छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu