बिहिबारदेखि चल्ने निफमा ३५ देशका ९५ चलचित्र देखाईने



फोटोः नेपाल न्यूज बैंक

काठमाडौँ।
बिहिबारदेखि काठमाडौँमा सुरु हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव निफको छैठौं संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ५ दिन सम्म सञ्चालन हुने यो महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी दिईएको छ ।

महोत्सव संयोजक यादव भट्टराईले महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको बताए । उनले भने, “भोलीबाट छैटौं संस्करण सुरु हुनेछ । ५ दिन सम्म सञ्चालन हुने यो महोत्सव विशेष बनाउने प्रयत्न गरेका छौं । चलचित्रहरु मल्टीफेल्क्स हलहरुमा प्रस्तुत गर्नेछौँ । जसले चलचित्रको निमार्ण गर्दाको गुणस्तरलाई जस्ताको त्यस्तै हेर्न सकुन् ।” महोत्सवका अध्यक्ष केपि पाठकले आयोजकले जतिगर्नसक्ने आजसम्म गरेको र भोलीदेखि यो महोत्सवको आयोजक सबै फिल्ममेकरहरु रहेको बताए ।

सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ । प्रति शो १५० रुपैयाँ टिकट निर्धारण गरिएको प्रर्दशनीमा दिनभर सहभागि हुन चाहनेले ५०० रुपैयाँ तिर्नुपर्ने छ । चलचित्रहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर, पुल्चोकको लबिम मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu