
काठमाडौँ।
नेपाली चलचित्रका प्रसिद्ध निर्देशक प्रताप सुब्बाको निधन भएको छ। प्राप्त जानकारी अनुसार ७८ बर्षिय सुब्बाको सिलीगुडीस्थित एक अस्पतालमा बिहिबार निधन भएको हो ।
पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत रहेका सुब्बा ‘परालको आगो’का निर्देशक हुन्। उनले वि.सं. २०३५ मा यो चलचित्र निर्देशन गर्दै निर्देशन थालेका थिए। उनका बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो,दिदी, चट्याङ र भीष्म प्रतिज्ञा लगायतका चलचित्रहरु चर्चित बनेका थिए।
त्यस्तै, उनले दर्जनौँ भिडियो फिल्महरु तथा टेलिफिल्महरु निर्देशन गरेका थिए ।