काठमाडौँ।
चैत्र ४ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशनबाट चुनिने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि उनले सम्पूर्ण पदाधिकारीसहितको प्यानल घोषणा गरेका हुन् ।
निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल उम्मेदवार रहेका छन् भने महासचिवमा सविन श्रेष्ठ रहेका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामाले उम्मेद्वारी दिएका छन् ।
निरौलाकै प्यानलबाट सहकोषाध्यक्षमा चुनाव लड्न लागेकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धि रोहित रुम्बाले उम्मेदवारी फिर्ता लिएपछि उनि बुधबार नै निर्वाचित भएकी थिइन् ।
उम्मेदवारी घोषणा गर्दै निरौलाले संगठन सुदृढीकरण र कलाकारिता पेशाको गरिमा बढाउन उम्मेदवारी दिएको बताए । उनले भने, “मलाई जिताएमा संगठन सुदृढिकरण र कलाकारिता पेशाको गरिमा बढाउनका लागि अग्रजको निर्देशन र क्रियाशिल कलाकारको सल्लाह अनुसार कार्य सम्पादन गरीने छ । कलाकारहरुलाई आफ्नो पेशा प्रति जिम्मेवार र नैतिकवान बनाउँन पहल गर्ने कलाकारहरुलाई सुरक्षाको प्रत्याभूति गराउने तथा कलाकारको इतिहासलाई सुरक्षित गर्ने काममा लाग्नेछु ।”
प्रस्तुत छन् निरौलाको परिचय र उनले प्रस्तुत गरेका कार्ययोजनाहरुः