राष्ट्रिय चलचित्र नीति संसदबाटै पास गराउने खनालको प्रतिवद्धता



JN-khanalपूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष झलनाथ खनालले नयाँ शंस्कृति निर्माण प्रक्रियालाई संस्थागत गर्दै चलचित्र तथा कला क्षेत्रको विकासको लागी संचार मन्त्रालयमा छलफलको प्रक्रियामा रहेको ‘राष्ट्रिय चलचित्र नीति’लाई संसदबाटै पास गराउने प्रतिवद्धता जनाएका छन् । मंगलवार राजधानीमा सम्पन्न एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको ८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संचार मन्त्रालयमा छलफलमा रहेको ‘राष्ट्रिय चलचित्र नीति’ लाई आवस्यक छलफल गरी संसदमा नै लगेर पारित गराउन आफ्नो तर्फ बाट कुनै कसुर बाँकी नराख्ने बताउँदै उनले भने, ‘देशको गहनाको रुपमा रहेको कला, सँस्कृतिलाई संरक्षण तथा सम्बर्द्दनमा मेरो सदैव चासो तथा पहल कदमी हुनेछ।’

त्यस्तै अध्यक्ष खनालले नेपाली चलचित्रमा बिशेषत: नेपाली समाजको मौलिकतालाई समेटेर नेपालीपना जोगाई राख्न तथा अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउने पक्षमा चलचित्रकर्मी सदैव लाग्नुपर्ने धारणा राखे । आफ्नै घर गाउँको कुरालाई समेटेर पर्दामा उतार्ने हो भने दर्शकको साथ पनि अबस्य आउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu