नेपाल फर्केर अभिनयमा व्यस्त बने सुशान्त



काठमाडौँ।
लामो समयपछि नेपाल आएका अभिनेता सुशान्त कार्कीले एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरिरहेका छन्। अष्ट्रेलिया बसोबास गरिरहेका उनले नेपाल बसाइको क्रममा केहि कामहरु गर्ने योजना अनुसार विभिन्न म्युजिक भिडियोमा अभिनय गरिरहेको बताएका छन्। उनले करिब एक दर्जन चलचित्रमा काम गरेका छन्।

हालै उनले अभिनय गरेको म्युजिक भिडियो रिलिज भएको छ। गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ गीतको भिडियोमा उनले मोडल लोसिना लामिछानेसँग अभिनय गरेका छन्।

हर्क साउदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन्। शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पादन र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu