‘ज्याकीः आई एम ट्वान्टी वान’को गीतमा रोमान्टिक बने धिरज र जसिता



काठमाडौँ।
बैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘कथा’ बोलको यस गीत शुक्रबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो।

कार्यक्रममा कलाकारद्वय धिरज मगर र जसिता गुरुङले नृत्य समेत गरेका थिए । यो गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ ।

भिडियोमा धिरज र जसितालाई फिचरिङ गरिएको छ । उनीहरु गीतमा केही रोमान्टिक देखिएका छन् । भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । चलचित्रलाई डान्स ड्रामा भनिएको छ । यसमा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।

कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष चलचित्र भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा चलचित्रको लागि ३ बर्ष समय दिएको र फिल्मको लागि गरेको मेहनत सम्झँदा खुशी लाग्ने बताइन् ।

निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको बिषय भएको बताइन् । तर, चलचित्रको बिषयमा आफूले सधै फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाई छ ।

गीत हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu