
काठमाडौँ।
चलचित्र ‘हुक्का: एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गते रिलिज हुने भएको छ । यसअघि चैत ३ गते रिलिजको तयारीमा रहेको यो चलचित्रको प्राविधिक काम नसकिएकाले प्रदर्शन मिति सारिएको बताइएको छ।
यो चलचित्रमा शम्भु थापाको निर्देशन छ । प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक लगाएतको अभिनय छ ।