‘चौथो ओएसनेपाल म्युजिक अवार्ड’को आवेदन खुल्ला



काठमाडौँ।
तपाई गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईका लागि खुशीको खबर छ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ”ओएसनेपाल म्यूजिक अवार्ड-२०८०” आयोजना गर्न लागिएको छ ।

नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६१ विधामा अवार्ड प्रदान हुने बताइएको छ । सहभागिता जनाउन देश तथा विदेशबाट फारम भर्न सकिनेछ । अवार्डमा भागलिंदा २०७८ बैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ । एप्लिकेसन पाट्नर नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रोसँगको हुनेछ ।

अवार्ड र फारम सम्बन्धी थप जानकारीका लागि ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिनेछ । फारम भर्नु अघि संस्थाले तोकेका केहि शर्तहररूलाई भने पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu