‘बुलाकी’को दोश्रो गीत रिलिज



काठमाडौँ।
बैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘बुलाकी’को दोश्रो गीत रिलिज भएको छ । ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीतमा नरेन, सुरक्षा र डेव्यु अभिनेता बिराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा बादल थापाको स्वर रहेको छ । टोपेन्द्र विष्टले निर्माण गरेको यस चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् । यसमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको छ ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्रीले पनि यस चलचित्रमा अभिनय गरेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu