बेनिशाले निर्देशन गरेको चलचित्र ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा रिलिज



काठमाडौँ।
पछिल्लो समय ‘छक्का पञ्जा ४’मा अभिनय गरेर चर्चामा रहेकी अभिनेत्री बेनिशा हमालले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमार्फत रिलिज भएको छ । यो लघु चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीको प्रमुख भूमिका रहेको छ ।

बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताएकी छन् । “यो मेरो पहिलो प्रयास हो । पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु”, उनले भनिन् । यो चलचित्रलाई बेनिशा आफैले लेखेकी हुन् । चलचित्र ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी बेनिशाले त्यसयता झण्डै १४ चलचित्रमा अभिनय गरिसकेकी छन् ।

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएको यस चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र राजेश शाहको भीएफएक्स रहेको छ । केदार भुषाल कार्यकारी निर्माता हुन् ।

सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरु तथा स्मार्ट टिभिमा विश्वभर उपलब्ध छ ।

‘मिसिङ ब्राइड’ रहेको सिधा लिंक: https://cinema-ghar.com/missing-bride

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu