‘काली काली’ गीतमा बिष्ट दाजुभाइको धमाका



काठमाडौँ।
डान्सिङ गीत ‘काली काली’को भिडियो सार्वजनिक भएको छ । कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेको यस गीतमा अभिनेता गजित बिष्ट, कोरियोग्राफर तथा मोडल गम्भीर बिष्ट र मोडल समारिका ढकालको नृत्य तथा अभिनय रहेको छ ।

गजित र गम्भीर नाताले सहोदर दाजुभाई हुन् । गजित अभिनयमा र गम्भीर कोरियोग्राफीमा अब्बल मानिन्छन् । गम्भीर अभिनयमा पनि पोख्त छन् । लामो अन्तरालपछी यी दुई भाइले एकसाथ अभिनय गरेका हुन् ।

गायक राजेश पायल राईको स्वर रहेको यस गीतमा टी.एन आचार्यको शब्द र लक्ष्मण पोख्रेलले संगीत रहेको छ । टी.एन आचार्यले निर्माण गरेको यस म्युजिक भिडियोका कोरियोग्राफर विकास नेपाल हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu