चर्चित गीत ‘झरनाको चिसो पानी’ अब राजु लामाको आवाजमा



काठमाडौँ।
चर्चित गीत ‘झरनाको चिसो पानी’ अब गायक राजु लामाको आवाजमा सुन्न पाइने भएको छ । शनिबार नयाँ स्वरसँगै यस गीतको भिडियो रिलिज भएको छ । यो गीतका ओरिजिनल गायक सुरेश अधिकारी हुन् ।

दुई दशक अगाडिदेखि जनजनमा फैलिएको यस गीतका शब्द रचनाकार अधिकारी नै हुन् भने निरज कुमार सुनारको सङ्गीत रहेको छ । नयाँ रेकर्ड भएको गीतमा एरेन्ज भने नयाँ नै गरिएको छ ।

यसको भिडियोमा पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu