सबैको नजरमा फुच्चे नायक-नायिका



anuvab-sugyani

[dropcap][/dropcap]निन्छ, प्रेमले कुनै उमेर भन्दैन अनि नाता र जातपात पनि भन्दैन । त्यसैले प्रेम त्यस्तो अदृश्य चीज हो जुन चाहेर नचाहेर जो सँग पनि जुनसुकै बेला पनि जोडिन सक्छ, हो यस्तै परिवेशमा बाल्यावस्थामा नै हुने हुने बालप्रेमको कुरालाई जोडेर निर्माण गरेको नेपाली चलचित्र ‘नाई नभन्नु ल-२’ यहि चैत्र २८ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रले पुर्णतः वालप्रेमको कुरालाई जोडतोडका साथ उठान गरेको निर्माण युनिटले बताएको छ ।

यो चलचित्रको बारेमा जानकारी दिने तथा सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा निर्देशक विकास आचार्यले चलचित्रको बारेमा कुनै कुरा अहिले नै बाहिर ल्याउन नहुने भन्दै सबै कुरा चैत्र २८ पछी मात्रै थाहा हुने बताए । कार्यक्रममा बाल कलाकार अनुभव रेग्मी तथा सुज्ञानी भट्टराई मुख्य आकर्षण बने । उनीहरुले चलचित्रमा अभिनय गर्दाको समयको अनुभव सुनाउँदा माहोल रोमान्टिक बनेको थियो ।

all

त्यस्तै, नायक जिवन लुईँटेल, नायिका प्रियंका कार्की तथा नव नायिका बर्षा शिवाकोटीले आफ्नो आफ्नो अनुभव सुनाए पनि चलचित्रमा कस्तो र के भुमिका छ भन्ने कुरा भने गोप्य राखे । त्यस्तै कार्यक्रममा अर्का कलाकार सिताराम कट्टेल ‘धुर्मुस’, सोहित मान्नधर सहित गायक राजेशपायल राई, बाल गायक प्रेम परियार, एलिश कार्की, संगीतकार बसन्त सापकोटा लगायतको उपस्थिती थियो ।

यो चलचित्रलाई सम्पादन दिर्घ खड्काले गरेका हुन । पुरुषोत्तम प्रधानको क्यामेराले खिचेको यो चलचित्रमा लगानी भने दिनेश पोखरेलको रहेको छ । चलचित्रको कथा पनि निर्देशक आचार्यको नै हो । पछिल्लो समय निकै चर्चामा रहेको यो चलचित्रलाई दर्शकले भने कसरी लिन्छन त्यो भने चैत्र २८ पछी नै थाहा होला ।

all1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu