छैटौं ‘मिस लिम्बू’को ताज भिनुमा पाहिम लिम्बूलाई



काठमाडौँ।
छैटौं संस्करणको ‘मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले प्राप्त गरेकी छिन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् ।

याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा काठमाडौंमा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ भएका छन् । विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ ।

‘सम्मान मिस लिम्बू’को शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटरसमेत प्राप्त गरेकी छन् । यस्तै, फस्ट रनरअफ काजलले नगद एक लाखसहित र विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।

कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक रहेका थिए । प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, गायक कन्चन थलङलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu