
काठमाडौँ।
नेपाली चलचित्र ‘बुलाकी’को ट्रेलर रिलिज गरिएको छ । बिहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि ‘जारी’ प्रथामा आधारित यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।
यो चलचित्रका निर्देशक लक्ष्मण सुनार हुन् । उनले कर्णाली क्षेत्रको कथालाई स्थानिय लवजमा नै चलचित्र बनाएका छन् । यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का र बिराज बिष्टको प्रमुख अभिनय रहेको छ । ट्रेलरमा निसन्तान दम्पतीमा आउने समस्यासँगै सासुले गर्ने व्यवहार र एक पीडित महिलाले लिने निर्णयलाई प्रमुख कथा बनाईएको छ ।
टोपेन्द्र विष्टले निर्माण गरेको यो चलचित्र आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने छ । यसमा प्रमुख कलाकाहरुसँगै रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन् ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको यो चलचित्रका छायाँकार शिव ढकाल हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् । राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।
ट्रेलरः