
काठमाडौँ।
बालबालिका र युवा पुस्ताको माया र बिछोडलाई सांगीतिक शैलीमा देखाउने चलचित्र ‘नाई नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा डेब्यु नायक आशिर्वाद क्षेत्रीलाई मुख्य भूमिकामा देखाइएको छ भने ट्रेलरमा ड्रामा र एक्सनले भरिपूर्ण दृश्यहरू छन् ।
ट्रेलरमा आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रूपमा चित्रण गरिएको छ, जसमा आँचलले एक सफल गायक बन्न प्रयास गर्ने पात्रको भूमिका निर्वाह गरेकी छन् । विकास आचार्यले निर्देशन गरेको यो चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।
विकास आचार्य र विष्णुमणि दाहालको निर्माणमा बनेको यो चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
ट्रेलरः