
काठमाडौँ।
पछिल्लो समय अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको ब्रेकअपको खबरले नेपाली चलचित्र जगतमा तरंग छाएको छ । पाँच वर्षभन्दा लामो समयदेखि सम्बन्धमा रहेका उनिहरुले करिब दुई बर्ष अगाडी नै विवाह गर्ने योजना समेत बनाएका थिए ।
कोभिड–१९ महामारीले उनीहरुको वैवाहिक योजनालाई धकेलेको थियो । दुई बर्ष अघि सौगात सृष्टिको परिवारलाई भेट्न र विवाहको लागि स्वीकृति लिन बेलायत गएका थिए, जुन श्रेष्ठ परिवारले स्वीकार समेत गरेको बताईएको थियो ।
सृष्टि हाल आफ्नो परिवारसँग बेलायतमा छिन् र उनले ब्रेकअपपछि नेपाल छाडेको चर्चा चलिरहेको छ । चाखलाग्दो कुरा के छ भने, सृष्टिको इन्स्टाग्राम एकाउण्टमा जोडीको रुपमा सार्वजनिक भएका सबै तस्बीरहरु हटेका छन् । यहि कारण उनीहरूको विभाजन भएको हल्लामा थप बल पुगेको हो ।
उनिहरुलर आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमा नै स्वीकार गरेका थिए । अहिले एक कान दुई कान मैदान हुँदै भुसको आगो जसरी उनिहरुको ब्रेकअपको खबर फैलिईरहेको छ ।