‘बहाव’सँग कमलमणिका दुई अविस्मरणीय क्षण



काठमाडौँ।
अभिनेता कमलमणि नेपाल चैत २४ गते रिलिज हुन लागेको चलचित्र ‘बहाव’का प्रमुख कलाकार मध्ये एक हुन् । चलचित्रमा कमलमणिले अभिनेत्री सुरक्षा पन्तका बुवा केदार रेग्मीको भूमिका निर्वाह गरेका छन् । अनुभवी कलाकार नेपालले आफूले हरेक परिवार र छिमेक रहेको साझा समस्या, पुरानो सोचलाई बढावा दिने र अरूको विचार स्वीकार गर्न नचाहने व्यक्तिको भूमिका खेलेको बताएका छन् ।

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले समाजमा हुने अन्तरजातीय विवाह र यसलाई परम्परागत सोच भएका व्यक्तिले कसरी बुझ्ने भन्ने विषयमा केन्द्रित छ । चलचित्रको बारेमा बोल्दै कमलमणिले भने, “अन्तरजातीय विवाहलाई मानिसले कस्तो दृष्टिकोणले हेर्ने भन्ने कुरालाई चलचित्रले नयाँ ढंगले देखाउने प्रयास गरेको छ ।”

कमलमणिले निर्देशक कँडेलको कामबाट प्रभावित भएको जनाए । उनलाई निर्देशकले मेथड एक्टिंग गराएका थिए जुन उनका लागि नयाँ अनुभव हो । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीधर पौडेलले निर्माण गरेका हुन् । यसमा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल र पवन श्रेष्ठको पनि अभिनय रहेको छ ।

कमलमणिका लागि ‘बहाब’का दुई दृश्य अविस्मरणीय बनेका छन् । कमलका अनुसार एउटा यस्तो दृश्य थियो, जहाँ उनले रिसलाई सहज रूपमा चित्रण गर्नुपर्‍यो र अर्को एउटा भावनात्मक दृश्य थियो, जसले क्यामेरा पछाडि काम गर्ने प्राविधिकहरूलाई रुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu