‘चित्रा’ निर्देशन गर्दै घनश्याम



काठमाडौँ।
धौली, पञ्चेबाजा, अग्नीदहन लगायतका चलचित्र निर्देशन गरेका घनश्याम लामिछानेले नयाँ चलचित्र ‘चित्रा’ निर्देशन गर्ने भएका छन् । बिहिबार रामनवमीको अवसर पार्दै उक्त चलचित्रको घोषणा गरिएको हो ।

आगामी भदौबाट छायांकनमा जाने यस चलचित्रमा अर्पण थापा र सन्तोष अधिकारीको मूख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने भनिएको यस चलचित्रमा बाबु र छोरीको कथा भन्नेछ । पछिल्लो समय लामिछानेले निर्देशन गरेको चलचित्र ‘लण्डन टु पेरिस’ प्रदर्शनको लागि तयार छ ।

एसाप इन्टरटेनमेन्टको प्रस्तुती र सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने ‘चित्रा’मा भावना पन्त निर्माता रहेकी छन् । यसको कथा अजय अधिकारीले तयार पारेका हुन् भने मनिष गौतमले पटकथा तथा संवाद लेखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu