हरि र नाजिरको संयुक्त निर्देशनमा ‘तूइन् पारी’



काठमाडौँ।
समाजको वास्तविकतालाई कथाको शैलीमा म्यूजिक भिडियोमा उतार्न सिपालु निर्देशक हरि हुमागाँइले राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ ।

भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंलाई हेर्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्केका एक युवाको भूमिका निर्वाह गरेका छन् ।

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले संयुक्त निर्देशन गरेका हुन् । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu