‘बहाव’को टिकटमा थाइल्यान्ड प्याकेज टुरको पुरस्कार



काठमाडौँ।
सुरक्षा पन्त स्टारर नेपाली चलचित्र ‘बहाव’को टिकटमा थाइल्यान्ड प्याकेज टुरको पुरस्कार राखिएको छ । यसको लागि खल्ती एपका केवाइसी प्रमाणित युजरले खल्ती एपमार्फत नै टिकट काट्नुपर्ने छ । यसो गर्न एकजना भाग्यशाली दर्शकले थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउने चलचित्रका निर्माता श्रीधर पौडेलले बताए ।

चलचित्रको टिकेटिङ पार्ट्नर खल्ती एपले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र एप मार्फत चलचित्रको टिकट काट्ने प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यहि नै रहेको बताईएको छ । प्याकेजमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको छ ।

चलचित्र प्रदर्शन सकिएको २ हप्ता पछि लक्की ड्र गरिनेछ । पुरस्कार जित्ने निम्नअनुसार नियम र सर्तहरु पालना गर्नुपर्ने छ।

  • विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
  • टूर प्याकेज घोषणा को मिति देखि ३ महिना भित्र सम्म मात्र मान्य हुनेछ ।
  • यो प्याकेज अरुलाई दिन योग्य हुने छैन ।
  • विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ ।
  • थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयमको हुनेछ ।
  • भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र बिजेता स्वयम् ले बेहोर्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu