भक्तपुरमा पागलझैँ बनिन् नायिका हेमा श्रेष्ठ



hema

आगामी जेठ ९ गतेलाई रिलिज मिती तय गरेको एक्शन प्रधान चलचित्र ‘हँसिया’को ट्रेलर सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक ट्रेलरमा नायिका हेमा श्रेष्ठले गुण्डालाई काटेको सहितका केहि खतरनाक दृश्यहरु देख्न सकिन्छ ।

समाजमा घट्ने आपराधिक घटनाहरुको कथालाई मुख्य बिषय बनाईएको यो चलचित्रले नारी हिंसा बिरुद्धको आवाज उठाएको सार्वजनिक ‘ट्रेलर’बाट अनुमान लगाउन सकिन्छ । त्यसो त चलचित्र नारी आवाजलाई बुलन्द बनाउने प्रयासकै वरिपरी कथा घुमेको निर्माण युनिटले बताउँदै आएको छ ।

चलचित्रकी मुख्य पात्र मार्सल आर्टकी खेलाडी हेमाले करिब आठ महिनाको ‘फाईट’ क्लास लिएपछी यो चलचित्र ‘हँसिया’मा एक्शन प्रधान दृश्य दिन अब्बल भएकी थिईन् । यो चलचित्रमा हेमा सिआईबी अफिसरको भुमिकामा प्रस्तुत भएकी छिन् ।

दुर्गा घलेको प्रस्तुतीमा मिलन चाम्सको निर्देशनमा तयार यो चलचित्रमा हेमासँगै राजेश हमाल, बिजय कुवँर, अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलोक कार्की सँगै बालकलाकार प्रशंशा शाहको पनि अभिनय देख्न सकिन्छ ।

द्वन्द्वलाई नै मुख्य आधार मानेको यो चलचित्रमा द्वन्द्व निर्देशन भने राजकुमार उप्रेतीले गरेका छन् । चलचित्र चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो भने चलचित्र ‘हँसिया’मा लगानी सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङले गरेका छन् ।

ट्रेलर हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu