
उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको नेपाली चलचित्र ‘दुई कदम’को छायांकन मुस्ताङ्गमा भईरहेको छ । चैत्र १६ गतेबाट छायांकन सुरु भएको यो चलचित्रको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायांकन गरिने बताईएको छ ।
प्रेमकथामा आधारित यो चलचित्रमा दयाराम घिमिरेको कथा रहेको छ । निर्माता तारा देवी लिम्बु हुन् । यस चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी), कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय रहनेछ ।


