अष्ट्रेलियामा मंगोलियन हार्टको सांगितिक यात्रा



काठमाडौँ।
चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ । नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने बताईएको छ ।

उक्त म्यूजिकल टुर अप्रिल १० बाट सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए । ‘हामी शुक्रबार नै नेपालबाट अष्ट्रेलिया प्रस्थान हुँदैछौँ’, लामाले भने, ‘१० वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौं । दर्शक-श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौं ।’ पहिलो सांगितिक प्रस्तुत १० तारिखमा मेल्बर्न शहरमा हुने छ । त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu