बहावको ग्राण्ड प्रिमियर



काठमाडौँ।
आगामी हप्ता रिलिज हुने नेपाली चलचित्र ‘बहाव’को काठमाडौँमा ग्राण्ड प्रिमियर गरिएको छ । बुधवार साँझ भएको प्रिमियरमा नेतादेखि कलाकारहरू सहभागि बनेका थिए । पत्रकारहरु सहित एमाले सांसद रघुजी पन्त, काँग्रेसका सांसद प्रदीप पौडेल लागयतका बिशिष्ट नेताहरुले चलचित्र हेरेका थिए ।

यो चलचित्रको विषयवस्तु र कलाकारको अभिनयले सोच्न बाध्य बनाउने प्रिमियर हेर्नेहरुले बताए ।

यो चलचित्रमा नायिका सुरक्षा पन्त र कलाकार कमलमणी नेपालले छोरी र बाबुको भूमिका निर्वाह गरेका छन् । श्रीधर पौडेलको निर्माणमा तयार भएको चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्देशक कँडेलले चलचित्रमा प्रस्तुत विषयलाई नयाँ कोणबाट हेर्ने कोशिश गरेका छन् ।

बाबु र छोरीबीच आउने विभिन्न विषयको उतारचढावपछि छोरीले समात्ने नयाँ क्रान्ति र प्रेमको कथालाई चलचित्रले उठान गरेको छ ।

फोटो ग्यालरीः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu