सलमानले युवा कलाकारको खिल्ली उडाए



बलिउड स्टार सलमान खानले युवा कलाकारको खिल्ली उडाएका छन् । बुधबार ६८ औँ फिल्मफेयर अवार्ड २०२३ को पत्रकार सम्मेलनमा उनले उनी र उद्योगका अन्य चार सुपरस्टारहरू शाहरुख खान, अजय देवगन, अक्षय कुमार र आमिर खान अझै पनि निकै प्रतिस्पर्धी रहेको र युवा कलाकारहरूलाई चुनौती दिन सक्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा खानलाई ‘नयाँ स्टारमध्ये कसले प्रभावित गरेको छ ?’ भन्ने प्रश्न सोधिएको थियो । जवाफमा उनले ती सबै मेहनती, केन्द्रित र प्रतिभाशाली रहेको तर उनी र उनको समकालीन युगले यति सजिलै हार नमान्ने बताए । उनले भने, “हामी उनीहरुलाई उनीहरुको पैसाको लागि दौडने गराउँछौं । हामी चाँडै अवकाश लिने छैनौं । हाम्रा चलचित्रहरू चल्छन्, त्यसैले हामीले आफ्नो शुल्क बढाएका छौं । त्यो देखेर उनीहरुले आफ्नो चलचित्र नचल्दा पनि पारिश्रमिक पनि बढाउँछन् ।”

सलमान खान आफ्नो नयाँ चलचित्र ‘किसी का भाई किसी की जान’ यहि इदमउनि आफैले बनाएको यो चलचित्र फरहाद सामजी द्वारा निर्देशित छ । यसमा सलमान खान, वेंकटेश दग्गुबाती, पूजा हेगडे, जगपति बाबु, भूमिका चावला, विजेन्द्र सिंह, अभिमन्यु सिंह, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारी र विनाली भटनागरको अभिनय रहेको छ । यो चलचित्र एक्सन, कमेडी, ड्रामा र रोमान्स श्रेणीमा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu