अर्जुनले ‘रंगेली ग्याङ्स्टर्स’ निर्देशन गर्दै



काठमाडौँ।
सन् २०२४ मा रिलिजको लक्ष्यसहित अर्जुन सुवेदीले आफ्नो डेब्यु चलचित्र ‘रंगेली ग्याङ्स्टर्स’को काम सुरु गरेका छन् । यसमा प्लानेट थ्रीफिल्म्स र प्याराडाइज पिक्चर्सले संयुक्त रुपमा काम थालेका हुन् । अर्जुन सुवेदी लामो समयदेखि चलचित्र क्षेत्रमा लेखक तथा निर्माताको रुपमा कार्यरत छन् । यसका साथै उनले संयुक्त राज्य अमेरिकामा पनि एक दशकभन्दा बढी समयदेखि चलचित्र वितरण गर्दै आएका छन् ।

‘रङ्गेली ग्याङ्स्टर्स’को लागि अर्जुन सुवेदी र जितेन्द्र खतिवडाले दोस्रो पटक सहकार्य गरेका छन् । यसअघि उनिहरुबीच ‘द ज्वेलविड’मा सहकार्य भएको थियो । सो चलचित्रको स्क्रिप्ट ‘प्रोड्युयर औ सुड को-प्रोडक्सन कार्यशाला’मा छनौट भएको थियो । यसको छायांकन भने सन् २०२५ मा हुनेछ ।

विराटनगरको पृष्ठभूमिमा बन्ने ‘रंगेली ग्याङ्स्टर्स’को भने प्रि-प्रोडक्सन सुरु भइसकेको छ । निर्माण टीमले केही कलाकारलाई अनुबन्धित समेत गरिसकेको छ । यसको लागि बाँकी कास्टिङको दोस्रो चरण छिट्टै सुरु हुने निर्माता खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu