स्पेशल स्क्रिनिङमा ‘बुलाकी’को प्रशंसा



काठमाडौँ।
बैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘बुलाकी’ले बुधबार आयोजना गरिएको ‘स्पेशल स्क्रिनिङ्ग’मा प्रशंसा पाएको छ । चलचित्र हेरेका चलचित्रकर्मी र पत्रकारहरुले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरे ।

यद्यपी यो चलचित्रले मल्टिप्लेक्समा उल्लेख्य शोहरु प्राप्त गर्न सकेको छैन । यसका निर्माताले प्रदर्शकहरुले सिनेमालाई चेपुवामा पारेको गुनासो गरेका छन् । स्क्रिनिङ्गमा आएका अधिकांशले यो चलचित्र हेर्दा छुट्टै आनन्दको अनुभुती भएको बताएका छन् । मौलिक कथा भन्न खोजिएको प्रतिक्रिया पाएको यस चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट लगायतको प्रमुख अभिनय रहेको छ ।

‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको यो चलचित्र शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रमा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu