काठमाडौँ।
अन्तत: निर्देशक निश्चल बस्नेतले चलचित्र ‘दिमाग खराब’ मार्फत निर्देशनमा कमब्याक गर्ने भएका छन् । आगामी वर्षको तिहारमा प्रदर्शन हुने निधो गर्दै उनले चलचित्र निर्देशन गर्न लागेको बिहीबार सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।
निश्चलले अर्का निर्देशक मनोज पण्डितसँगको एक तस्बिर फेसबुकमा राख्दै मितिसहित चलचित्र घोषणा गरेका छन् । उनले सांकेतिक रुपमा फोटोमा रहेको ‘ह्वाईट बोर्ड’ मार्फत ‘दिमाग खराब गराउनेहरु शुभकामना’ लेखेका छन् ।

जनता र शक्तिको कथामा बन्न लागेको यो चलचित्रलाई रौनक विक्रम कँडेलले निर्माण गर्नेछन् । यसमा सौगात मल्ल, दयाहाङ राई र बुद्धि तामाङको अभिनय रहने बताईएको छ ।