काठमाडौँ।
राजु गिरीले निर्देशन गरेको चलचित्र ‘नम्बरी सुन’को पोस्टर रिलिज गरिएको छ। नयाँ बर्षको अवसर पारेर शुक्रबार सार्वजनिक पोस्टरमा मुख्य पात्रहरु गौरव पहारी र नम्रता सापकोटालाई राखिएको छ।
पोस्टर रिलिजसँगै आगामी भाद्र १ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरिएको छ। नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, लगायत कलाकारको अभिनय रहेको छ ।
यसको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण यो सिनेमा निर्माण गरेका हुन् । ‘नम्बरी सुन’का गीतमा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर सुन्न सकिनेछ ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ । बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, मुख्य सहायक निर्देशकमा जिवन गौतम रहेका छन् ।
‘नम्बरी सुन’लाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।


