धिरज-जसिताको ‘ज्याकी: आई एम ट्वान्टी वान’को ट्रेलर रिलिज



काठमाडौँ
नेपाली चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक भएको छ । बैशाखको २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरमा बाबु र आफ्नो सपनाको दोधारमा अल्झिएको युवकको कथा देखाईएको छ ।

नेपालकै पहिलो डान्स ड्रामा भनिएको यो चलचित्रकी निर्देशक रिनाशा राई राणा हुन् । निर्माता प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको हुन् ।

यस चलचित्रमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशी लगायतका कलाकारको अभिनय छ । सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा सोमनाथ खनाल र रिनाशाको संवाद, निमेष श्रेष्ठको सम्पादन छ । रोहित शाक्य, स्वप्निल शर्मा, कालिप्रसाद बाँस्कोटाको संगीत, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu