मुकुन र लक्ष्मी स्टारर ‘बिच्छेद’ मंसिर ८ मा रिलिज हुने



काठमाडौँ।
सत्यराज चौलागाईंको निर्देशनमा बनेको मुकुन भुषाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’ मंसिर ८ मा रिलिज हुने भएको छ । ठुलोपर्दासँगको कुराकानीमा निर्देशक चौलागाईंले रिलिज मिति टुंगो लगाएको जानकारी दिए ।

मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।बिश्वव्यापी महामारी ‘कोभिड १९’ को चपेटामा परी छायांकनको बीचमै रोकिएपछि तीन बर्षपछि बाँकी छायांकन गरिएको थियो ।

नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरुमा समेत एकसाथ चलचित्र प्रदर्शनको तयारी भईरहेको चौलागाईंले बताए । यो चलचित्रका निर्माताहरु राज पण्डित, डिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य हुन् ।

मुकुन र लक्ष्मीका अलावा चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रमा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारी को सम्पादन रहेको छ । गीतमा एसडि योगी, सुरज थापा र आशिश महरको संगीत, सत्यराज चौलागाई र राम अबिरलको शब्द रचना रहेको छ । सुरेन बसेल कोरियोग्राफर हुन् ।

गाउँले परिवेशमा आधारित रहेको चलचित्रको छायांकन रामेछापको एक गाउँमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu