मातातीर्थ औंसीको पूर्वसन्ध्यामा ‘गणपति’को गीत ‘ए मेरी आमा’ रिलिज



काठमाडौँ।
मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र उनकी आमाको चरित्र निर्वाह सुर्यमाला खनालको कथा बोल्ने यो गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने बताईएको छ । यस गीतमा निर्देशक अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् भने प्रविन भेडुवालको स्वर रहेको छ ।

‘गणपति’ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बनने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए । यसमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

निर्माता लक्ष्मण थापाले यो चलचित्रले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्मसको ब्यानरमा थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu