१६ वटा हलमा “छक्का पञ्जा ४”को ५१औँ दिन



काठमाडौँ।
नेपाली चलचित्र “छक्का पञ्जा ४”ले प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। गत बर्षको फागुन १९ गतेदेखि प्रदर्शनमा यो चलचित्रले देशभरका १६ वटा हलमा यो आँकडा पार गरेको निर्माता, कलाकार तथा एशोसियट निर्देशक दीपाश्री निरौलाले बताईन्।

सफलताको खुशी साट्न आइतबार काठमाडौँमा एक बिशेष कार्यक्रमको आयोजना समेत गरिएको छ। यो चलचित्रले घरेलु बक्स अफिसमा २० करोड नजिकको ग्रस कलेक्सन गरेको छ।

सामाजिक बिषयमा चलचित्र बनाउने दीपक-दीपाको टीमले यसपटक राजनीतिलाई व्यंग्य गरेका छन्। विवाहेत्तर सम्बन्ध, सरकारी कार्यालयमा हुने भष्ट्राचार तथा ढिलासुस्ती, बेरोजगारी, मिटरब्याजीलगायतका विभिन्न पक्षलाई पनि चलचित्रमा भेटिन्छ।

हेमराज विसीद्वारा निर्देशित यस चलचित्रमा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य, मलिना जोशीलगायतको प्रमुख अभिनय छ। पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका हुन्। नरेन्द्र मैनालीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu