काठमाडौँ।
दिपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘नाङ्गो गाउँ’ हरितालिका तीजलाई लक्षित गर्दै भदौ २९ मा रिलिज हुने भएको छ । यसमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठ निर्माता हुन् । फर्स्टलुकको रुपमा एक पोस्टर सार्वजनिक गर्दै मिति घोषणा गरिएको हो । पोस्टरमा सांकेतिक रुपमा झण्डा बोकेर जुलुसमा सहभागि भएका स्थानीयहरुलाई राखिएको छ । यसबाट यो चलचित्रले राजनीतिक बिषय उठान गरेको अनुमान लगाउन सकिन्छ ।


