नेपाली वृत्तचित्र ‘सहायक श्रीमान’ले जित्यो एक करोड ३० लाख पुरस्कार



काठमाडौँ।
विश्वव्यापी चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निर्देशन गरेको अर्को वृत्तचित्र ‘सहायक श्रीमान’ (को-हजबेण्ड)ले जापानमा एक करोड ३० लाख रुपैंया राशीको पुरस्कार जितेको छ । बहुपतिप्रथामा आधारित यसले क्युशु सहरमा आयोजित ‘मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभल’मा सो रकम जितेको हो ।

एक सय २२ देशका ३ हजार ५३३ वटा वृत्तचित्रको प्रतिस्पर्धाबाट यो वृत्तचित्र पुरस्कृत भएको हो । यो वृत्तचित्रले क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि पुरस्कार प्राप्त गरेको थियो । कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको ‘सहायक श्रीमान’ ३५ मिनेट लामो छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu